गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि दुईसय घर जोखिममा

 भदौ २५, २०७८ शुक्रबार १०:१२:५२ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका–८ सेटी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका कम्तीमा पनि दुई सय घरपरिवार जोखिममा परेका छन् । 

केही दिन पहिलेको वर्षाका कारण जमिनको भित्री भागमा पानीको मुहान फुट्ने, जमिन दलदल भएकाले पहिरो आउन थालेको स्थानीय ७८ वर्षीया हरिना कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो अहिले पनि बेला बेलामा आउन थालेको छ, रोकिन सकेको छैन ।

गाउँको तल र माथिबाट लगातार पहिरो आउन थालेपछि त्यहाँका नागरिकलाई सामान्य पानी पर्दा समेत गाउँ नै बग्ने डरले राति निद्रा नलाग्ने वडाअध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पुरै गाउँको पहिराेकाे जाेखममा छ, राति ठूलो वर्षा भए पूरै गाउँ बग्ने चिन्तामा यहाँका नागरिकलाई राति राम्रोसँग निन्द्रा समेत पर्न छोडेको छ ।” 

गाउँमा आउने पहिरो नरोकिने अवस्था आएपछि यहाँका नागरिक गाउँ छोडेर अन्यत्र जाने अवस्थामा रहेका छन् । पहिरो नियन्त्रण नहुञ्जेलसम्म यहाँको बस्ती सार्नुपर्ने स्थानीयको माग छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया