सङ्खुवासभा : लाेडर सडकबाट खस्दा सहचालकको ज्यान गयो

 भदौ २५, २०७८ शुक्रबार २०:८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका ३ सम्माटारमा लोडर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । 
    
को १ क ४१२ नम्बरको लोडर दुर्घटना हुँदा खाँदबारी नगरपालिका ६ का २४ वर्षीय श्याम विश्वकर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

विश्वकर्मा जोगमुनी–किमाथांका नाका निस्कने उत्तर–दक्षिण कोसी राजमार्गमा लोडरको सहचालकको रूपमा कार्यरत रहेका थिए ।

सडकबाट लाेडर झन्डै एक सय मिटर तल खसेकाे प्रहरीको भनाइ छ । मृतक सहचालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएकाे छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया