३५ वर्षपछि जोडियो सहजपुर–बोगटान सडकको ट्र्याक

 असोज ४, २०७८ सोमबार ९:१५:४९ | विमल बिष्ट
unn.prixa.net

डाेटी - डाेटीको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको तीन करोड ८३ लाख रुपैयाँ लागतमा याे सडक निर्माण गरिएको हाे ।  

बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक हिजाे जोडिएकाे हाे । याे सडक खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरुपमा निर्माण गरेका हुन् । २०४३ सालदेखि सडक निर्माणकाे काम सुरु भएकाे थियाे। 

बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलले भन्नुभयो,-'वर्षौं पछि सडकको ट्र्याक  जोडिएको छ, अब हामीले पनि घरैमा गाडी चढ्न पाउने भयाैँ, योभन्दा अरु खुसी के नै होला र !'

बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले आउँदाे दिनमा सडकको स्तरोन्नतिका लागि गाउँपालिकाले लगानी गर्ने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास योजना ताकिएकै समयमा निर्माण सम्पन्न गर्न पटक-पटक निर्देशन दिनुभएको थियो ।  

याे गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले भन्नुभयो,'मुख्यमन्त्रीले पनि तोकिएको समयमा काम नसके कारबाही गर्ने निर्देशन दिनुभयो । हामीले पनि पालिकाको तर्फबाट आवश्यक सहयोगसहित अनुगमनलाई तीव्र बनाएपछि काम सम्पन्न भएको हो ।'

प्रदेश सरकारको प्रदेश गौरवको सडकमा समेत समावेश भएको सहजपुर–बोगटान सडकको ट्र्याक जोडिएको पूर्वाधार विकास कार्यालय डडेलधुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो। उहाँले भन्नुभयो,'कच्ची ट्र्याक  जोडिएको छ, अब कालोपत्रका लागि पहल गर्नुपर्छ ।' 

याे सडकले कैलालीको सहजपुर, वीपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै डाेटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोड्ने बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो,'कच्ची ट्रयाक जोडिएको छ, यहाँका हजारौँ नागरिकलाई यातायात सुविधासहित राहत हुने भएको छ ।'

सडक सञ्जाल जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआइसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएकाे छ । 

यो सडक डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा पुरानो र ठूलो सडक हो । २०१५ सालपछि धनगढीबाट दिपायलका लागि यो सडककाे काम सुरु गरिएको थियो ।

‘धनगढी–दिपायल (डीडी) सडक’ को नामले निर्माण सुरु भएको सडक विगतमा पहुँचका आधारमा ‘धनगढी–डडेलधुरा–दिपायल नामकरण गरेर निर्माण गरिएको नेपाली कांग्रेस नेता दीपककुमार विष्टले जानकारी दिनुभयो ।

२०४३ सालमा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साविकका दश गाविस जोडेर दिपायल पुग्ने गरी यो सडकको निर्माण सुरु भएको थियो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति अहिले प्रदेश सभा सदस्य भरतबहादुर खड्काले त्यस सडकको शिलान्यास गर्नुभएको थियो।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया