तीन महिनापछि साँफे–मार्तडी सडक खुल्यो

 असोज १३, २०७८ बुधबार ९:४५:३५ | निमेन्द्र शाही
unn.prixa.net

फाइल तस्बिर

बाजुरा – अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर सडक तीन महिनापछि मर्मत भएको छ । पहिरोले गएको असार १५ गतेदेखि बन्द रहेको सडक खुलेको हो । 

सडक विभागले भत्किएको ठाउँमा मर्मत गरेपछि साँफे–मार्तडी सडक जोडिएको छ । यो बाटो बनेपछि बाजुरा, हुम्ला र मुगुका स्थानीयबासिन्दालाई सहज भएको छ । साँफे–मार्तडी सडकखण्ड अन्तर्गतको बार्जुगाडदेखि मार्तडीसम्मको २९ किलोमिटर सडकमा दर्जनौँ ठाउँमा पहिरो गएको थियो । 

मर्मतपछि अहिले साना गाडी र ट्याक्टर चल्ने भैसकेको र ठूला बस पनि गुडाउन मिल्ने गरी काम भैरहेको सडक विभागका ईन्जिनियर दमन बिष्टले बताउनुभयो ।

सडक शिलान्यासको २७ वर्षसम्म पनि बाजुरावासीले सास्ती भोग्दै आएका छन् । कुनै बर्खामा पनि ढुक्कसाथ सडक सञ्चालन भएको छैन । अछामको साँफेबगरबाट मार्तडीसम्मको ५७ किलोमिटर सडक निर्माणमै करिब पौने दुई अर्ब रुपैयाँ बजेट खर्च भइसकेको छ । यति धेरै खर्च हुँदा पनि स्थानीयले भने सडककै कारण बर्सेनि दुःख पाइरहनुपर्ने अवस्था छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया