सर्पले डस्दा डोटीमा बालकको ज्यान गयो

 असोज १३, २०७८ बुधबार १०:५८:४४ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा विषालु सर्पले डस्दा पाँच वर्षीय बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय हेमराज भण्डारीको ज्यान गएको हो ।

आइतबार साँझ घरको आँगनमा खेलिरहेको समयमा सर्पले डसेको थियो । सर्पको डसाइबाट गम्भीर भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइए पनि उपचारका क्रममा गए राति ज्यान गएको प्रहरीले जनाएको छ । 

जिल्लामा गर्मी कायमै रहेका कारण सर्पदंशका घटना घटिरहेका जिल्ला अस्पतालले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया