विकासको माग गर्दै गाउँपालिकाकाे प्राङ्गणमा भोक हड्ताल !

 असोज १८, २०७८ सोमबार १५:३४:२६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – विकासको माग गर्दै दाङका एक युवाले बबई गाउँपालिकाको प्राङ्गणमा भोक हड्ताल कार्यक्रम सुरु गरेका छन् । बबई गाउँपालिकाको समग्र विकासको माग गर्दै बबई ७ ढोलपुरका स्वतन्त्र युवा विचारक भक्त डाँगीले गाउँपालिकाको प्राङ्गणमा आज साेमवारदेखि तीन दिने भोक हड्ताल सुरु गर्नुभएकाे छ । 

बबई गाउँपालिकामा बसोबास गर्ने नागरिककाे आधारभूत समस्या लिएर आज असोज १८ गतेदेखि २० गते तीन दिनसम्म भोक हड्ताल कार्यक्रम सुरु गरेको डाँगीले बताउनुभयो । पालिका सरकार आएको पाँच वर्ष पुग्नै लाग्दासमेत बबई गाउँपालिकाका विकट क्षेत्रमा आधारभूत विकास नभएको र अन्य ठाउँमा पनि अवस्था त्यस्तै रहेकाे भन्दै खबरदारी गरेर गाउँपालिकाकाे ध्यानाकर्षण गर्न भोक हड्ताल कार्यक्रम गर्न बाध्य भएको उहाँकाे भनाइ छ । 

बबई १ र ७ मा पर्ने मध्यवर्ती क्षेत्र निुकञ्जको बस्ती व्यवस्थापन (पुनर्वास), स्वास्थ्य चौकीलगायत अलपत्र अस्पतालहरूमा सेवा र सुविधा, वडा नं. १, ५, ७ लगायतका क्षेत्रमा बिजुलीकाे समस्या समाधान, वडा नंं. १, ५, ७ लगायत अन्य सञ्चारविहीन क्षेत्रमा तत्काल समस्या समाधानलगायत १० बुँदे मागसहित डाँगी भोक हड्तालमा बस्नुभएकाे छ । 

भोक हड्तालमा साथ दिन डाँगीले सबैसँग आग्रह गर्नुभएकाे छ । आजदेखि सुरु भएकाे भोक हड्ताल कार्यक्रममा नेपाली कांग्रेस बबई ४ का सभापति तथा युवा नेता झुपु क्षेत्रीलगायत अन्य युवाले साथ दिएका छन्  ।
डाँगी पश्चिम दाङमा सामाजिक अभियन्ताका रूपमा चिनिनु हुन्छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया