विकासोन्मुख एशिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाकाे सङ्ख्या सन् २०५...
बैशाख २०, २०८१ बिहिबार
सप्तरी - सप्तरीको खडक नगरपालिका–६ इन्द्रचौतारी चाेकमा बसले माेटरसाइकललाई ठक्कर दिँदा एक महिलाकाे ज्यान गएकाे छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत इन्द्रचौतारी चाेकमा शनिवार बेलुका प्रदेश २–०१–००१ प ०३३४ नम्बरकाे मोटरसाइकललाई बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिएकाे हाे ।
बसकाे ठक्करबाट मोटरसाइकलकाे पछाडि रहेकी खडक नगरपालिका–९ सर्पाकी ३० वर्षीया गुल्लु खातुको ज्यान गएकाे हाे ।
दुर्घटनामा घाइते भएकी खातुनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भयाे। मोटरसाइकल चालक मृतकका पति ३२ वर्षीय कुदरुस र ५ वर्षीय छोरा घाइते भएका छन् ।
घाइते दुवै जनालाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएकाे छ । बस र चालक दोलखाको कालीञ्चाेक गाउँपालिका–४ बञ्चरेका ३३ वर्षीय नेत्रबहादुर थामीलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।