हिन्द महासागरमा ‘तातो दिन’ १० गुणा बढ्ने
बैशाख २४, २०८१ सोमबार
रोल्पा – रोल्पामा आज आइतवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् ।
रोल्पा नगरपालिका १ सल्लिबोटबाट वाखोला जाँदै गरेको लु १ च ९४९३ नम्बरको जीप छेडा पोखरामा दुर्घटना हुँदा चालक रोल्पा नगरपालिका १ खेवासेका २० वर्षका गोवर्द्धन घर्तीको ज्यान गएको हो ।
दुर्घटनामा सहचालक त्यही वडाका सल्लीबोटका २३ वर्षका नवीन पुन घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
घाइतेको जिल्ला अस्पताल रेउघा रोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।