एकीकृत समाजवादी अध्यक्ष नेपाल र पर्यटनमन्त्री आले डोटीमा

 मंसिर १, २०७८ बुधबार १६:२०:४९ | विमल बिष्ट
unn.prixa.net

डाेटी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले डोटी आइपुग्नुभएको छ । 

डाेटीकाे सबैभन्दा ठूलो तथा धार्मिक तीर्थस्थल बडीकेदारमा आज बुधवार हुने ठूलाकेदार मेलाको पूजाका लागि उहाँहरू यहाँ आइपुग्नुभएको हो । हेलिकप्टरमार्फत यहाँ आइपुग्नुभएका उहाँहरूले आज बिहान सदरमुकाम सिलगढीमा रहेको अर्को प्रसिद्ध शैलेश्वरी मन्दिरमा पूजाआजा गर्नुभएको छ ।

साथै अध्यक्ष नेपाल र मन्त्री आले आजै बडीकेदार धार्मिक तीर्थस्थलमा पूजाआजा गरी फर्किने कार्यक्रम तय भएको मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री आलेले बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीसँग बडीकेदारको थप प्रचारप्रसार र विकासका लागि छलफल गर्ने कार्यक्रम रहेको छ । सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडीकेदारमा हरेक वर्ष तिहारपछिको चतुर्दशी तिथिमा मेला लाग्ने गर्दछ । बडीकेदारको ढुङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ । 

शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडीकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत रहेको छ । मूर्ति रहेको स्थान भौगोलिक रूपमा विकट अर्थात् भिरको बीचमा रहेको छ । यस मेलमा अहिले भारतको उत्तर प्रदेशबाट पनि भक्तजनहरू आउने गरेका बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया