काठमाण्डौ–बैंकक उडान फेरि सुरु हुँदै

 मंसिर २, २०७८ बिहिबार १४:८:२२ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – कोभिड –१९ (कोरोना) महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाण्डौ–बैंकक हवाई उडान फेरि सुरु हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच आज बिहीवार मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाण्डौ–बैंकक नियमित उडान गरिने जानकारी दिनुभएको हो । 

भेटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्यान्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नु हुँदै लुम्बिनीमै रहेको मेटरनेटी अस्पतालका लागि सहयोग गर्न आग्रह गर्नुभयो । यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाइल्यान्डको भिसाका लागि सहजीकरण गर्न तथा नेपाली नागरिकहरू उपचारका लागि बैंकक जाँदा सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो । 

भेटकै क्रममा मन्त्री आलेले नेपाल–थाइल्यान्डको पुरानो ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप बलियो बनाइराख्न दुवै देशका तर्फबाट अधिकतम प्रयास गरिनुपर्ने कुरामा जोड दिनुभयो । राजदूत भोरासफले लुम्बिनीको विकासका लागि आफ्ना तर्फबाट अधिकतम प्रयास गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया