बाल सुधार गृह र कारागारलाई खेलकुद सामग्री प्रदान

 मंसिर ४, २०७८ शनिबार १२:४१:४४ | विमल बिष्ट
unn.prixa.net

डोटी –  साइन नेपालले डाेटी जिल्ला कारागारमा जेल जीवन बिताइरहेका कैदी बन्दी तथा बाल सुधार गृहमा राखिएका बालबालिकाहरुका लागि खेलकुद सामग्री प्रदान गरेको छ । संस्थाका अध्यक्ष भक्तराज जोशीका अनुसार कैदी बन्दीलाई सहज होस् भन्नका लागि क्यारेम बोर्ड, भलिबल, पम्प, भलिबल जाली (नेट) लगायतका अन्य खेलकुद सामग्री प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्ट मार्फत खेलकुद सामग्री प्रदान गरिएको हो । साइन नेपालले हस्तान्तरण गरेका खेलकुद सामग्रीले कारागार तथा बाल सुधार गृहमा राखिएका कैदी बन्दीहरुलाई खेलकुदका क्षेत्रमा निकै सहयोग पुग्ने प्रजिअ विष्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मनोरञ्जन तथा खेलकुद सामग्री नहुँदा कैदी बन्दीहरुलाई दिन बिताउन समेत समस्या थियो, साइन नेपालले खेलकुदका सामग्री प्रदान गरेपछि अब सहज हुने भएको छ ।” संस्थाले खेलकुद सामग्री प्रदान गरेपछि कैदी बन्दीहरु निकै खुशी भएका छन् ।

यस संस्थाले जिल्लामा गैरसरकारी संस्था मार्फत महामारी, विपद, शिक्षा, स्वास्थ्य, छाउपडी लगायतका क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको छ । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया