भरतपुर महानगर र प्रचण्डकाे निर्वाचन क्षेत्रकाे विकास देखेर मलाई पनि ईर्ष्या जाग्याे : मन्त्री शर्मा

 मंसिर ६, २०७८ सोमबार १८:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले ईर्ष्या गर्न लायक विकास भएको बताउनुभएको छ ।

चितवनमा आज साेमवार आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधारलगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत ईर्ष्या जागेको बताउनुभयो । ‘यो ईर्ष्या भनेको सकारात्मक ईर्ष्या हो, देशभर सबैले सिक्न लायक विकास हो’ उहाँले भन्नुभयाे, ‘यहाँको विकासले मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ ।’ 

मन्त्री शर्माले नारायणी तटबन्ध, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नति, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै भरतपुरमा निर्माणाधीन रङ्गशालाको निर्माण कार्यलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया