असिना पीडित किसान र अपाङ्गता भएका व्यक्तिलाई छथर जोरपाटी गाउँपालिकाको सहयोग

 मंसिर १८, २०७८ शनिबार १६:१८:२८ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गएको बैशाख २ गते असिनाबाट तरकारी तथा बालीनाली क्षति भएका किसानहरुलाई राहत र अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको छ ।

पालिकाले ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हिजाे एक संयुक्त कार्यक्रमको आयोजना गरेर ६७ किसानहरुलाई नगद राहत र २८ अपाङ्गता भएकाहरुलाई नगद र यन्त्र सहयोग गरेको हो । 

पालिकाले तरकारी खेतीतर्फ पूर्ण क्षति भएका २२, आंशिक २०, सामान्य २३  र धान बाली क्षतितर्फ २ परिवारलाई राहत दिइएको पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले बताउनुभयाे । पूर्ण क्षति भएका किसानलाई नगद १५ हजार, आंशिकलाई १० हजार, सामान्यलाई ५ हजारका दरले र धान बाली क्षति भएका १/१ परिवारलाई क्रमशः ५ हजार र ७ हजार ५ सय रुपैयाँ गरी ६ लाख ४२ हजार ५ सय रकम बराबरको राहत वितरण गरेको छ ।

यही अवसरमा १६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई श्रवण यन्त्र र १२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया