कांग्रेसको वाग्मती प्रदेशमा सभापतिमा ५१ प्रतिशत मत नपुग्दा पुनः मतदान

 मंसिर १९, २०७८ आइतबार ९:५७:५३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापति पदमा तीनै जना उमेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः मतदान हुँदैछ ।

सभापतिका तीन जना उमेदवार मध्ये एक जना पहिलो भएर मात्र नहुने र ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने भएकाले आज पुनः मतदान हुने भएको हो ।

पहिलो चरणको मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गर्नुभयो ।

कुल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । अब बानियाँ र केसीका बीचमा पुनः मतदान हुनेछ ।

तेस्रो हुने भीमसेनदास प्रधानले भाग लिन पाउनु हुनेछैन ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया