गोर्खाली चियासहित नेपाली उत्पादनलाई यूएईमा भित्र्याउँदै 'फ्यामकल नेपाल'

 पुस २, २०७८ शुक्रबार १४:३४:५७ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई –  संयुक्त अरब इमिरेट्स यूएईको बजारमा अब 'गोर्खाली लिभ्स ग्रीन टी' चियासहित नेपाली उत्पादन आउने भएको छ । 'फ्यामकल नेपाल' नामक कम्पनीले नेपाली उत्पादनलाई यूएई ल्याउने तयारी गरेकाे हाे । कम्पनीले काठमाण्डौमा रहेकाे यूएई दूतावासमा यस विषयमा छलफल गरेकाे जनाएकाे छ । ​

नेपालका लागि यूएईका राजदूत सैइद हमदान अल नक्बीसँग भेट गरी नेपाली उत्पादन अलैँची, चिया, जडिबुटी, अत्तर, मर-मसला लगायतका सामाग्रीहरु यूएईमा पुर्‍याइ व्यापार मार्फत पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको कम्पनीले जनाएको छ । राजदूत नक्बीले यूएईमा नेपाली उत्पादन स्थापित गराउन सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

पछिल्लो समय नेपालीहरुले यूएईमै विभिन्न व्यवसाय गरी रहेका छन् । आफ्नो उत्पादनलाई यूएई बजारमा ल्याउन सहज भए पनि अहिलेसम्म बजारमा उल्लेख्य मात्रामा नेपाली सामान आएको छैन । नेपाली उत्पादनमा पाइने शुद्धता र विविधताले जुनसुकै देशमा पनि स्वादका पारखीहरुलाई आकर्षण गर्न सक्ने भएकाले बजार विस्तार गर्न लागेको फ्यामकल नेपालका बोर्ड सदस्य निश्चल दाहालकाे भनाइ छ ।​

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • dharma prakash chaudhary

    Dec. 18, 2021, 5:09 p.m.

    यो कुरा राम्रो हो , यसरी बजार बनाउन सके अरु जस्तै मह को पनि व्यापार हुन् सक्छ किनभने यसको पनि 'ल्याब टेस्ट' भैसकेको छ /यस्तो हुन् सके हामी पनि सहयोग गर्छौं /

  •  0 Reply

तपाईको प्रतिक्रिया