पाल्पामा मलामी बोकेको बस दुर्घटना, सात जनाको ज्यान गयो

 पुस १८, २०७८ आइतबार ११:४७:१२ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पामा बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ ।

बुटवलबाट मलामी बोकेर गुल्मीको रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना भएको हो ।

बसमा ३५ जनाभन्दा धेरै  मलामी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया