कोरोना सङ्क्रमण फेरि बढ्दा परदेशीको मुटुको धड्कन पनि बढ्दै छ

 पुस २०, २०७८ मंगलबार १६:४८:४६ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

रमेश क्षेत्री, पोखरा/हाल सिसेल्स

विभिन्न देशहरूमा पछिल्लो समय कोरोना सङ्क्रमण दर पुनः बढेको छ ।

कोरोना सङ्क्रमित बढ्दा हामी परदेशीको मुटुको धड्कन पनि बढ्न थालेको छ । मन यही डर छ कि पहिलेजस्तै अवस्था आउने त होइन ?

गएको वर्ष के मात्र भोग्न परेन । पहिलो लहरबाट बचेर आफ्नो देश फर्कँदा भोगको पीडाहरू अहिले पनि दिमागमा ताजै छ । त्यो क्षण सम्झँदा अहिले पनि मुटु दुख्छ ।

बिदा सकिएर कर्म देश फर्कने बेला ठिक्क नेपालमा दोस्रो पटक लकडाउनको तयारी थियो । सरकारले निर्णय गरिसकेको थियो । मैले देश छाडेको भोलिपल्टदेखि लकडाउन हुँदै थियो । 

विदेश उड्न घरबाट काठमाण्डौको यात्रा गर्दा विभिन्न समस्याहरू झेल्न पर्‍यो । गाडीको लामो लाम थियो । सबै जना हतारमा थिए । मलाई पनि पोखराबाट काठमाण्डौ पुग्न १६ घण्टा लाग्यो ।

अवस्था सामान्य हुँदा ५ देखि ७ घण्टामा हामी पोखराबाट काठमाण्डौ पुग्थ्यौँ । तर अहिले कोरोनाकै कारण १६ घण्टा झेल्न पर्‍यो बाटोमै । बाटोमा गाडीको लाम र मानिसको भीड यस्तो थियो कि कल्पना गर्न नसकिनेखालको थियो ।

जसोतसो परदेशी भूमिमा आइयो । अब त सुखले काम गर्न पाइएला, यो कोरोनासँग डराउन नपर्ला भन्ने सोच्दा सोच्दै फेरि त्यही दिन आउला जस्तो छ ।

अहिले नेपालमा भन्दा पनि हामी श्रमिक काम गर्ने देशमा कोरोनाको सङ्क्रमण धेरै छ । यसले हाम्रो रोजगारीमा असर गर्छ कि भन्ने अर्को डर छ । 

पहिलेजस्तै उडानहरू रद्द पो हुने हुन् कि भन्ने अर्को चिन्ता छ ।

फेरि मानिसहरूले अस्पतालमा बेड नपाएको, अक्सिजन नपाएर छटपटाएको सुन्न नपरे नि हुन्थ्यो जस्तो लाग्छ । तर खै समय हाम्रो हातमा नहुँदो रहेछ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया