पाल्पा अस्पतालका कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द

 पुस २१, २०७८ बुधबार ८:४:३७ | देव पचभैया
unn.prixa.net

फाइल तस्बिर

पाल्पा – जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि  अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गरेको छ । 

निमित्त मेडिकल सुपरिटेण्डेण्ट सहित ६ जना मेडिकल अधिकृत, एक जना डेन्टल सर्जन, एक जना ल्याब टेक्निसियन र एक जना पारामेडिक्स सहित ९ जनामा लक्षण सहितको कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार अस्पतालबाट प्रदान हुने आपतकालीन, प्रसूति सेवा, ल्याब, सुरक्षित गर्भपतन र बीमा रिफर बाहेकका अन्य चिकित्सकीय सेवाहरु अर्को व्यवस्था नभएसम्मका लागि  स्थगित गरिएको हो ।  

१० जना कर्मचारीमा गरिएको पीसीआर टेष्टमा ९ जनामा कोरोना संक्रमण  पुष्टि भएको अस्पताल प्रशासनले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया