नारायणहिटीभित्र रेस्टुरेन्टका लागि बनाउँदै गरेका संरचना भत्काउन सुरु

 पुस २३, २०७८ शुक्रबार १९:०:३३ | विमल बिष्ट
unn.prixa.net

डोटी – नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचनाहरू भत्काउन सुरु गरिएको छ ।

रेस्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आज शुक्रवार धेरै संरचना भत्काइएकाे छ भने केही भत्काउने तयारीमा रहेका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुईँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने अहिलेसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक समिति गठन भएको छ । समितिले आज शुक्रबारदेखि आफ्नो काम सुरु गरेको यस समितिका सदस्य तथा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

समितिले ती विवादित संरचना भत्काउनका लागि १२ जना कामदार खटाइएको जनाएको छ । समितिले सङ्ग्रहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो ।

पुरातात्त्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र क्यान्टिन, रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया