विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन संस्कृति मन्त्री आलेको निर्देशन

 पुस २४, २०७८ शनिबार ८:४०:२८ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन दिनुभएको छ।

लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि भैरहवा जाने क्रममा विमानस्थलको आन्तरिक कक्षको निरीक्षण गर्दै मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई ध्यानमा राखेर आवागमन कक्षलाई फराकिलो बनाउन तथा विस्तार गर्न निर्देशन दिनुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उप–महानिर्देशक प्रेमनाथ ठकुरले तत्काल आवागमन कक्ष फराकिलो बनाउने प्रतिबद्धता जनाउनुभएको छ । ठाउँको पहिचान तथा बजेट व्यवस्थापनको तत्काल काम अगाडि बढाउने उहाँको भनाइ छ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया