नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशकद्वारा राजीनामा

 पुस २७, २०७८ मंगलबार १७:२:३८ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ ।

कार्यकारी निर्देशक दाहालले आज मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आफ्नो पदबाट राजीनामा बुझाउनुभएको हो । कार्यकारी निर्देशक दाहाललाई नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा केही कमजोरी गरेको आरोप लागेको छ । 

‘नारायणहिटी दरबार सङ्ग्रहालयमा मैले सही मनसायले काम गरेको छु । विभिन्न सञ्चारमाध्यममा गलत तथा दुष्प्रचार र नेपाल सरकारले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा छानबिन समिति समेत गठन गरेकाले त्याे समितिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नैतिकताका आधारमा त्यस पदमा रहेर मैले काम गर्न उचित नभएकाले राजीनामा पेस गरेको छु’, कार्यकारी निर्देशक दाहालको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

अहिले नारायणहिटी सङ्ग्रहालयको विवाद बढ्दै गएको छ । बतास समूहले नारायणहिटी सङ्ग्रहालयमा मनमौजी संरचना निर्माण गरेको आरोप पनि लागेको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया