असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

 पुस २८, २०७८ बुधबार १२:१७:१ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमवार तथा मंगलवार परेको असिनाले यहाँका कृषकले लगायका काउली, टमाटर, मुला, प्याज लगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्‍याएपछि किसानहरु चिन्तित बनेका छन् ।

बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार गाउँपालिका–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘असिनाले फुलेर कोसा लागेको तोरीबाली र तरकारीमा निकै क्षति पुर्यायाएको छ, किसानलाई ठूलो नोक्सान गरायो ।’ 

उहाँका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौका बोट ढलाएर पात चुटेर छियाछिया बनाएको छ । यसैगरी भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासीहरु बताउँछन् । यसैगरी सुन्तला तथा  कागतीका दाना समेत असिनाले झारेकाे छ ।
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया