कुकुरलाई पनि दिन नमिल्ने काजु श्रीलंकाली राष्ट्रपतिलाई दिएपछि...

 भदौ २६, २०७५ मंगलबार १४:३०:५२ | एजेन्सी
unn.prixa.net

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले केही दिनअघि श्रीलंकन एअरलाइन्सबाट भ्रमण गर्ने क्रममा मान्छेले खान नमिल्ने गुणस्तरको काजु दिइएको गुनासो गरेका छन् ।

‘वास्तवमा त्याे काजु कुकुरलाई पनि दिन नमिल्ने खालको थियो,’ राष्ट्रपतिले थपे ।

त्यो एअरलाइन्स करिब एक अर्ब डलर ऋणमा डुबेको छ । एअरलाइन्सले राष्ट्रपतिले आफूलाई दिइएको गुणस्तरहीन काजुका बारेमा गरेको गुनासोको जवाफ दिन भने बाँकी छ ।

हालका वर्षहरुमा श्रीलंकन एअरलाइन्समाथि भ्रष्टाचारको आरोप लाग्दै आएको छ । भ्रष्टाचारको आरोप सम्बन्धमा राष्ट्रपति स्तरको विशेष छानबिन समितिले एअरलाइन्समाथि अनुसन्धान गरिरहेको छ ।

राष्ट्रपतिबाट नै गुनासो आए पनि विमानमा बाँडिएको काजुमा वास्तवमै के खालको खराबी थियो भन्ने कुरा चाहिं स्पष्ट भएको छैन । 

दक्षिणी श्रीलंकामा भएको किसानहरुको कार्यक्रमहरुमा गएको सोमबार बोल्दै राष्ट्रपति सिरिसेनाले गएको हप्ता बिमस्टेक सम्मेलन सकेर नेपालको राजधानी काठमाडौंबाट राजधानी कोलम्बो फर्कने क्रममा आफूलाई उक्त गुणस्तरहीन काजु दिइएको पनि स्पष्ट पार्नुुभयो ।

‘म नेपालबाट फकिंर्दै गर्दा, उनीहरुले मलाइ विमानमा केही काजु दिए,जुन काजु मानिसहरुको त कुरै छौडौं, कुकुरलाई दिन पनि योग्य थिएन, यस्ता वस्तुहरु कसले सदर गर्छ ?’ उहाँले दक्षिणी श्रीलंकाका किसानहरुलाई भन्नुभयो ।

‘यस्तो काजु बाँड्न कसले अनुमति दियो ? यसको जिम्मेवारी कसले लिन्छ ?’

विमानमा बाडिने काजु तथा बदामहरुका बारेमा समाचारका हेडलाइन बनेको यही पहिलो पटक भने होइन । ४ वर्ष अघि कोरियन एअरका एक कर्मचारीले आफूलाई विमानका कर्मचारीले काजु प्लेटमा नदिइ प्याकेटमै दिन खोजेका कारण विमानलाई ढोकातिर नै फर्काउन लगाएका थिए । 

त्यस घटनामा विमान कम्पनीका मालिक चो याङ हो की छोरी हिदर चो लाई विमानको सुरक्षामा लपरबाही गरेको अभियोगमा केही महिना जेलमा हालिएको थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया