वाग्मती नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सार्वजनिक सूचना

 माघ १६, २०७८ आइतबार १८:१७:२३ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे गुह्येश्वरीदेखि थापाथली पुलसम्मको वाग्मती नदी र सडकबीचको किनारमा दुवैतर्फ अनधिकृत रूपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना निकालेकाे छ । 

समितिले नदी किनार छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन सात दिने र अस्थायी संरचना हटाउन तीन दिने सार्वजनिक सूचना शनिवार (हिजो) निकालेकाे हो । मठमन्दिर, देवालय, धार्मिक स्थान, मूर्तिरहेका स्थान, स्थल, पार्क भन्दा पनि नदी र सडकबीचको किनारमा अनधिकृत रूपमा बनेका अस्थायी तथा स्थायी संरचना हटाउन सार्वजनिक सूचना निकालिएकाे समितिका सूचना अधिकारी कमल अर्यालले बताउनुभयो ।

सूचना अधिकारी अर्यालले आज सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नदी किनारमा संरचना बनाएर बसेका सुकुम्बासी बस्ती हटाउने विषयले भने अहिले प्रवेश नपाएको स्पष्ट पार्नुभयो । उहाँले नदी किनारका सुकुम्बासी बस्ती हटाउनका लागि उनीहरूको उचित व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

समितिका अनुसार थापाथली वाग्मती किनारमा मात्रै एक सय ४५ घरधुरी सुकुम्बासी बस्ती छ । त्यो बस्ती हटाउने विषयमा त्यहाँका समिति, भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भइरहेको समितिले जनाएको छ । 

याे समितिले यसअघि यस्तै प्रकृतिको सूचना सार्वजनिक गरेर गोकर्णदेखि गुह्येश्वरी नदी किनारमा अनधिकृत रूपमा बनेका २७ वटा संरचना हटाउने काम गरेको थियो । समितिका सूचना अधिकारी अर्यालले आजभन्दा १५ दिनअघि त्याे खण्डमा अनधिकृत रूपमा बनेका २७ वटा संरचना हटाउने काम गरिएको बताउनुभयो ।

समितिले वाग्मती नदीको शौन्दर्यमाथि आँच आउने अनधिकृत रूपमा बनेका सबै संरचना सम्बन्धित पक्षसँग अनुमति लिएर, छलफल गरेर हटाउँदै जाने पनि स्पष्ट पारेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया