सात दिन भित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई पर्यटन मन्त्रालयकाे अल्टिमेटम

 माघ १९, २०७८ बुधबार १०:३४:१० | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म पनि रोयल्टी नबुझाउने पाँच क्यासिनोहरुलाई एक हप्ताभित्र रोयल्टी बुझाउन निर्देशन दिएकाे छ । मन्त्रालयले मङ्गलबार एक सूचना जारी गर्दै काठमाण्डौमा रहेका होटल याक एण्ड यति, ओरियन्टल होटल्स(र्‍याडिसन होटल), रक इन्टरनेशनल, ह्याप्पी आवर तथा सेन्ट्रल मिडिया प्रालीले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न र नगरेमा कारबाही गरिने चेतावनी दिएकाे छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्मको वक्यौता होटल याक एण्ड यतिले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटलले १८ करोड ७६ लाख रुपैयाँ, रक इन्टरनेशनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ, ह्याप्पी आवर प्रालीले २१ करोड ५५ लाख रुपैयाँ तथा सेन्ट्रल मिडिया प्रालीले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी रहेको छ । 

गएकाे कात्तिक सात गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सात दिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले क्यासिनोहरुले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो । 

यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तूर र जरिबाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई पक्राउ गरिएको थियो । क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी, जरिबाना र दुई वर्षको नवीकरण दस्तुरसहित १४ करोड २० रूपैयाँ नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ मन्त्री आलेको निर्देशनमा अध्यागमनमा रोकिएको थियो । पछि प्राइम बैंक जमानत बसेपछि उनलाई छाडियो ।

काठमाण्डौको सांग्रिला र रुपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट १४ करोड २० लाख रूपैयाँ बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ । पर्यटनमन्त्री आलेले राज्यलाई नियमानुसार हुन आउने रकम बराबरको राजस्व नबुझाउनेलाई कारबाही हुने चेतावनी दिनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया