नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीद्वारा पदभार ग्रहण

 माघ २०, २०७८ बिहिबार २०:०:१४ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्ति दिएको छ ।

सरकारले गएकाे सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको महानिर्देशकमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेकाे थियाे । आज बिहीवार मन्त्रालयमा अधिकारीलाई नियुक्ति पत्र प्रदान गरिएको हो । नियुक्ति पत्र प्रदानसँगै आजै अधिकारीले आफ्नो पदभार सम्हाल्नुभएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

सरकारले उहाँलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा १९ बमोजिम आउँदाे चार वर्षका लागि प्राधिकरणको महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेकाे थियाे ।  

यसअघि मन्त्रालयले अर्को निर्णय नहुन्जेलसम्मका लागि भन्दै गएको पुस २५ गते प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशक नियुक्त गरेको थियो । यसअघि गएकाे कात्तिक १० गते राजकुमार क्षेत्रीलाई सञ्चालक समितिले चार वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गरेको भए पनि उहाँले उमेर हदका कारण गएको पुस २३ गते मन्त्रालयबाट अनिवार्य अवकाशको पत्र पाउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया