हिमपातका कारण भीमदत्त र पहलमानसिंह स्वाँर राजमार्ग बन्द

 माघ २१, २०७८ शुक्रबार १०:३०:३४ | विमल बिष्ट
unn.prixa.net

डोटी - हिजाे रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्द भएकाे छ । 

लगातारको बाक्लो हिमपातका कारण राजमार्ग ठप्प भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ। राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ ।

राजमार्ग बन्द भएपछि दजर्नौँ गाडी तथा यात्रुहरु अहिले यहाँको गैरा तथा बुडर बजारमा राकिएका छन् । याे राजमार्ग अन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ ।

यसैगरी डोटीको सिलगढी तथा अछामको साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण ठप्प भएकाे छ । 

यस राजमार्ग अन्तर्गत डोटीको चौखुट्टैमा बाक्लो हिमपात हुँदा बाजुरा, अछामबाट तराई जान आएका तथा तराईबाट पहाड जान हिँडेका गाडी तथा यात्रु बीचबाटोमै अलपत्र परेका छन् । वर्षा र हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया