चिसोले कठ्याङ्ग्रिएर पाल्पामा दुई जनाको ज्यान गयो

 माघ २२, २०७८ शनिबार १८:३५:३२ | देव पचभैया
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पाल्पा – पाल्पामा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको ज्यान गएको छ ।  ३८ वर्षीय वसन्त गिरी र ५० वर्षीय गणेश परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार तानसेन ४ बडिज्ञानटोलमा  भाडामा बस्दै आउनुभएका वसन्त गिरी र  अर्घाखाँचीको छत्रकोट गाउँपालिका ४ स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिँड्ने  ५० वर्षीय गणेश परियारको ज्यान गएको हो ।

ज्याला मजदुरी गर्दै आउनुभएका गिरी शनिबार बिहान ८ बजे तानसेन नगरपालिका ४ सिल्खानटोलमा पर्ने  तानसेन गुल्मी सडकको भित्तामा घोप्टो परेको अवस्थामा भेटिनुभएकाे थियाे ।  बेहोस अवस्थामा रहेका उहाँलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए । 

यस्तै अचेत अवस्थामा तानसेन ६ बसपार्कमा भेटिनुभएका परियारलाई पनि उपचारका लागी जिल्ला अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया