डाेटी : अब बसपार्कमै पार्किङ

 माघ २६, २०७८ बुधबार १८:४:२४ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा सञ्चालन हुने गाडी चालकले सडकमै पार्किङ गर्ने गरेका कारण सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै अहिले गाडी बसपार्कमै राख्ने निर्णय गरिएको छ ।

‘व्यवस्थित बसपार्क नहुँदा समस्या, सडकमै गाडी पार्किङ’ भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि अहिले जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका र गाडी व्यवसायीको छलफलपछि बसपार्कमै गाडी पार्किङ गर्ने सहमति भएको हो ।

नगरपालिकाले पिपल्ला बजारमा लाखौँ रकम खर्च गरेर बसपार्क निर्माण गरेको भए पनि त्यो बसपार्क व्यवस्थित नभएको र साँघुरो भएको भन्दै यातायात व्यवसायीले वर्षाैँदेखि गाडी सडकमै पार्किङ गर्ने गरेका थिए । यहाँबाट पहाडी जिल्ला अछाम र बाजुरा जाने गाडी पिपल्ला बजार भएर जाने र यहाँका यातायात व्यवसायीले पनि त्यही सडकमै गाडी पार्किङ गर्ने गरेका कारण सवारी दुर्घटना हुन सक्नेबारे समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएपछि यहाँको स्थानीय प्रशासनले दिपायल, पिपल्ला लगायतका ठाउँमा सञ्चालन हुने गाडी अनिवार्य बसपार्कमा पार्किङ गर्न लगाउन निर्देशन दिएपछि अहिले कार्यान्वयनमा आएको पिपल्लाका धनबहादुर शाहीले बताउनुभयो । 

ट्राफिक प्रहरीले यात्रुवाहक गाडी अनिवार्य बसपार्कमा पार्किङ गराउनुपर्ने व्यवस्था गरेको छ भने सडकमा पार्किङ गर्नेलाई कारबाही गर्न थालेको छ । यसअघि गाडी दिनभरि सडकमै पार्किङ गर्ने र त्यहीँबाट ग्रामीण क्षेत्रका लागि नम्बर उठाउने तथा यात्रु लैजाने गर्नाले पिपल्ला बजारको सडक अस्तव्यस्त बनेको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया