भीमदत्त राजमार्ग खुल्याे

 माघ २६, २०७८ बुधबार १९:५६:२२ | विमल बिष्ट
unn.prixa.net

डोटी – स्थानीयवासीको अवराेधका कारण बन्द रहेको अत्तरिया–स्याउले जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा आएकाे छ ।

यस राजमार्ग अन्तर्गतको डोटीको जोरायल गाउँपालिका १ गोगनपानीमा आज बुधवार डडेल्धुराको आलिताल गाउँपालिका १ भुसुका १६ वर्षीय बालक भानुनाथ मृत अवस्थामा फेला परेपछि उचित छानबिनको माग गर्दै स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए ।

गोगनपानी सडकमा बालक मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले बन्द गरेकाे राजमार्ग अहिले सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्र चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनकारीहरूसँग घटनाको निष्पक्ष छानबिन गर्ने सहमति भएपछि राजमार्ग खुलाइएको हो । मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

यही माघ २३ गते राति बिहेमा गएका नाथ आज घर फर्किने क्रममा गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका हुन् । राजमार्ग बन्द हुँदा त्यहाँ जाममा परेका सवारीसाधन अहिले आफ्नो गन्तव्यतिर लागेका प्रहरी चौकी गैराले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया