फेरि बढ्यो डलरको भाउ

 भदौ २७, २०७५ बुधबार १६:१५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अमेरिकी डलरको भाउ बुधबार ३८ पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको बिक्रीदर १ सय १६ रुपैयाँ ६१ पैसा तोकेको हो । मंगलबार अमेरिकी डलरको बिक्रीदर १ सय १६ रुपैयाँ २३ पैसा थियो । 

यस्तै एक अमेरिकी डलरको खरिद दर भने १ सय १६ रुपैयाँ १ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पछिल्ला दिनमा डलरको भाउ निरन्तर बढिरहेको छ । 

नेपालमा भारतीय मुद्राको स्थिर विनिमय दर रेहेको र अहिले भारतीय मुद्रा अवमुल्यन भएकाले नेपालमा पनि डलरको भाउ बढेको हो । डलर बढ्दा विदेशबाट पैसा पठाउनेलाई, पर्यटन क्षेत्र र निर्यात क्षेत्रमा फाइदा पुग्ने छ र नेपालको निर्यात थोरै र आयात धेरै भएकाले डलरको भाउ बढ्दा नेपालमा विदेशी सामानको भाउ पनि बढ्नेछ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया