४२ करोड रुपैयाँ रोयल्टी र नवीकरण शुल्क नतिर्ने ५ तारे होटल याक एण्ड यती बन्द गर्न सरकारको निर्देशन

 माघ २६, २०७८ बुधबार २२:१६:१ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै - सरकारले काठमाण्डाैमा रहेकाे हाेटल याक एण्ड यती बन्द गर्ने निर्देशन दिएकाे छ । हाेटलकाे नाममा सञ्चालित क्यासिनाेले ४२ कराेड रुपैयाँ राेयल्टी र नवीकरण शुल्क नतिरेपछि सरकारले हाेटल बन्द गर्न निर्देशन दिएकाे हाे ।

पटक पटक ताकेदा गर्दा पनि याक एण्ड यतीले राेयल्टी र नवीकरण शुल्क नबुझाएकाले आज बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजत पत्र रद्द गरिदिनुभएकाे हाे । 

आज मन्त्रिस्तरीय निर्णयले याक एण्ड यती होटलकाे क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०४८।०९।२२ मा यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेका थियो । 

पर्यटन मन्त्री आलेले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी,  इजाजत नवीकरण दस्तुर लागयतको रकम कानुनअनुसार होटलले दाखिला नगरेका कारण क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको बताउनुभयो । 

पर्यटन विभागले यो निर्णय कार्यान्वयनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलाई सहयोग गरिदिन पत्राचार गरेको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई यस होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन पनि पत्राचार गरिएको छ । त्यस्तै राष्ट्र बैंकलाई यस होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन अनुरोध गरिएकाे छ ।

क्यासिनो नियमन गर्ने पर्यटन विभागका अनुसार नेपाल सरकारलाई तिर्न बुझाउन बाँकी रहेको सन्दर्भमा यसअघि पटक पटक पत्राचार तथा सार्वजनिक सूचनामार्फत  होटललाई जानकारी गराइएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • Barun shah

    Feb. 10, 2022, 10:30 p.m.

    Great decison

  •  0 Reply
  • गुन लामिछाने मगर

    Feb. 10, 2022, 2:28 a.m.

    एकदम सहि काम मन्त्री ज्यु,यस्तै अरु बेथिति हरुको पनि खोजनिती गरि भण्डाफोर गर्नूहोस,साथ अनि शुभकामना छ।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया