वर्षा र हिमपातका कारण सुठो कुहिन थालेपछि डोटीका किसान चिन्तित

 फागुन २, २०७८ सोमबार ११:२२:४७ | विमल बिष्ट
unn.prixa.net

डाेटी - अदुवाको मूल्य नपाएपछि सुकाएर सुठो बनाउँदै गरेका डोटीका किसान वर्षा र हिमपातका कारण समस्यामा परेका छन् ।

लगातारजसोकाे वर्षाका कारण सुठो सुक्न नपाउँदा कुहिने जोखिम बढेको छ ।आफूले गरेको मेहनतअनुसारको मूल्य नपाएपछि अदुवा सङ्कलन गरी गाउँमै सुठो बनाउन थाले पनि वर्षाका कारण सुठो सुक्न नपाउँदा कुहिने अवस्थामा पुगेको बडिकेदार गाउँपालिकाका किसानकाे गुनासाे छ । 

अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको यो पालिकामा प्रायः सबै किसानले अदुवा र बेसार खेती गर्दै आएका छन् । किसानले उत्पादन गरेको अदुवा गाउँकै व्यापारीले सस्तो मूल्यमा किनेर सुठो बनाउन थाले पनि सुठो सुक्न नपाउँदै वर्षा भएका कारण घाटा हुने अवस्थामा पुगेको किसान नरेश मौनीले बताउनुभयो । उहाँका अनुसार अदुवालाई एकदेखि दुई हप्तासम्म चर्को घाममा सुकाएर सुठो बनाइन्छ ।

सुकाएर बनाइएको सुठो वर्षाैँसम्म पनि नकुहिने तथा नबिग्रिने भएकाले किसानले उत्पादन गरेका अदुवा गाउँमै सुठो बनाउन थालिएको थियो । तर, त्यो पनि वर्षा र हिमपातका कारण कुहिने अवस्थामा पुगेपछि किसान चिन्तित भएका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया