एनसेलले घटायो सबै 'लोकल कल' को महसुल दर

 फागुन २, २०७८ सोमबार १४:३९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेलका ग्राहकले अब अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक १ रुपैयाँ ९९ पैसा प्रति मिनेटबाट घटाइ करबाहेक प्रति मिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको छ । 

प्रिपेड ग्राहकका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मुख्य ब्यालेन्सबाटै 'पे एज यू गो' दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।  

यो परिमार्जित नयाँ महसुल दर गएकाे शुक्रवार (माघ २८) देखि लागू भएको हो । नयाँ महसुल दरको लाभ लिन ग्राहकले *१७१०७# डायल गरी सेवा निःशुल्क सुरु गर्न सक्ने एनसेलले जनाएकाे छ । 

नयाँ महसुल दरले ग्राहकलाई मुख्य ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ । 

यो नयाँ महसुल दर २०७९ साउन २४ गतेसम्म लागू रहनेछ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया