पशुपतिमाथि गिद्धे दृष्टि लगाउनेहरूको कहिल्यै कल्याण हुँदैन : मन्त्री आले

 फागुन १०, २०७८ मंगलबार १६:१०:५४ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटो भन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताउनुभएको छ । 

आज मङ्गलवार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा बतासले लिएर आएको अल्पकालीन आदेशसमेत अदालतले खारेज गरिसकेकाले छिटो भन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताउनुभएको हो । 

विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उहाँले अब त्यस्तो कदम सह्य नहुने बताउनुभयो । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरूको कहिल्यै कल्याण नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु पैसा दिएर धर्मशाला निर्माण गर्न दिएको भवन आज कौडीको भाउमा विगतको प्रतिनिधिले त्यसलाई बेच्ने काम गरेका छन् । त्यो कतै पनि सह्य हुनेवाला छैन । बतास समूहले पाएकाे अल्पकालीन आदेश पनि खारेज भइसकेको अवस्था छ । जसले पशुपतिप्रति गिद्धे दृष्टि लगाउँछ, त्यसको कहिल्यै पनि कल्याण हुनेवाला छैन । हुँदा पनि हुँदैन । कम्तिमा आज हामीसँग त्यो धर्मशाला भएको भए झन्डै चार सय जना जनाभन्दा बढी बाबाहरूलाई त्यहाँ राख्न सकिन्थ्यो । वृद्धहरूलाई त्यहाँ राख्न सकिन्थ्यो । मलाई लाग्छ छिट्टै नेपाल सरकारको त्यो सम्पत्ति फिर्ता ल्याउनेछौँ ।’

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले यस वर्षको महाशिवरात्री पर्व विगतका वर्षहरूभन्दा भव्य र सभ्य रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो । महाशिवरात्री पर्वलाई भव्य र सभ्य बनाउन कुनै पनि कसर बाँकी नराख्न उहाँले निर्देशनसमेत दिनुभयो । धर्मावलम्बीहरूलाई सहज रूपमा पानीको व्यवस्था, बत्तीको व्यवस्था मिलाउनेदेखि सरसफाइमा विशेष ध्यान दिन मन्त्री आलेले निर्देशन दिनुभयो । 

यस वर्षको महाशिवरात्री पर्व फागुन १७ गते मङ्गलवारका दिन परेको छ । यस वर्ष त्याे दिन पशुपति क्षेत्रमा १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताउनुभयो । पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा कोषका अध्यक्ष प्रेमबहादुर आलेको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० वटा उपसमिति गठन भएको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया