‘सुरक्षित वैदेशिक रोजगारीका लागि सहकार्य गरेर अघि बढ्ने छौँ’

 फागुन १२, २०७८ बिहिबार १६:३७:४३ | रामकुमार थापा
unn.prixa.net

धादिङ – धादिङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले वैदेशिक  रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनु हामी सबैको दायित्व भएको भन्दै सुरक्षित आप्रवासन सामी परियोजनासँग आपसमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ र सुरक्षित आप्रवासन सामी परियोजनाबीच बुधबार भएको अन्तरक्रिया कार्यक्रममा हायक प्रमुख जिल्ला अधिकारीले सुरक्षित वैदेशिक रोजगारीका लागि पासपोर्ट बनाउन आउनेहरूलाई सही सूचनाका लागि अनिवार्य आप्रवासी श्रोत केन्द्रमा पठाउने गरेको उल्लेख गर्नुभयो । 

वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनको लागि काम गर्दै आइरहेको सामी परियोजनाले कामलाई अझै व्यवस्थित र समन्वयात्मक ढङ्गबाट अगाडी बढाउनको लागि जिल्ला प्रशासन कार्यालयसँग अन्तर्क्रिया कार्यक्रम राखेको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोइराला, नीलकण्ठ नगरपालिकाका प्रशासन अधिकृत लोकनाथ उपाध्याय लगायत जिल्ला प्रशासन कार्यालयका शाखा प्रमुख लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजनाले गर्ने काम र जिल्ला प्रशासन कार्यालय र आप्रवासी श्रोत केन्द्र बीच हुने सहकार्य तथा प्रशासन कार्यालयको भूमिकाको विषयमा जानकारी गराउनु भएको थियो । 

जिल्लाको नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, थाक्रे गाउँपालिका र गंगाजमुना गाउँपालिकामा सामी परियोजना सञ्चालनमा छ । परियोजनामार्फत निःशुल्क सूचना तथा परामर्श, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भइरहेको छ ।

सामी परियोजना नेपाल सरकार र स्वीस सरकाबीचको दुई पक्षीय परियोजना हो । परियोजनालाई हेल्भटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया