सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको हुँ : अध्यक्ष ओली

 चैत १७, २०७८ बिहिबार १८:१२:१६ | नेत्र शाही
unn.prixa.net

एमाले अध्यक्ष ओली सिञ्जाको नराकोटमा सम्बाेधन गर्दै

जुम्ला – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताउनुभएकाे छ । जुम्लाको सिञ्जा गाउँपालिका नराकोटमा पार्टीले आयाेजना गरेकाे जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले सिञ्जाको विकास गर्न आफू लागिपर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी ठाउँ भएकाले विकासको इतिहास आफ्नो परिस्थितिअनुसार गर्नसक्ने बनाउनुपर्नेमा जोड दिँदै केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी लिने प्रतिबद्धता जनाउनुभयो । ‘ढुक्क हुनुहोस्, सिँजाले विकास गर्न सक्छ । एकआपसमा हातेमालो गरौँ’, उहाँले भन्नुभयाे ।  

अध्यक्ष ओलीले कर्णालीमा मानसरोवर, कैलाश पर्वत, रारा ताल, कनका सुन्दरी, त्रिपुरा सुन्दरी लगायतका धार्मिक पर्यटकीयस्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सी चामल नेपालको ओरिजिनल ब्रान्ड भएको बताउनुभयो । 

कार्यक्रममा अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारको दिनगन्ती सुरु भइसकेको दाबी गर्दै भन्नुभयाे, ‘यो म्यादी सरकार हो । दिनगन्ती सुरु भइसकेको छ ।’ 

जनसभामा स्थानीय नेताहरूले कर्णालीको विकासमा जोड दिन पूर्वप्रधानमन्त्री ओलीलाई सुझावसहित अनुरोध गरे । अध्यक्ष ओलीले जुम्ला आउनुअघि दैलेखको दुल्लुको अवलोकन गर्नुभएकाे थियाे । 

यसैबीच अध्यक्ष ओलीले जुम्लाको नराकोटमा मार्सी चामलसँगै सिमीको तरकारी खानुभयाे । उहाँले भन्नुभयाे, ‘पहिले एक पटक मार्सी चामल खाएको थिए । निकै चर्चा चुल्यो । अहिले त झन् सिञ्जामै आएर मार्सी चामल र हिमा नदीको माछा खादा खुसी भएँ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया