पाल्पाको रानीमहलमा सुरु भयाे बिच भलिबल

 चैत २४, २०७८ बिहिबार २०:१८:१४ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाको रानीमहलमा प्रथम सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा सात प्रदेश, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल गरी नौ टिम सहभागी छन् । 

प्रतियोगितामा आज ६ वटा खेल भएका छन् । पहिलो खेलमा सुदूरपश्चिमले कर्णालीलाई २०–४ र २३–२१ को सेटमा हराएको छ । अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनीलाई २१–९ र २१–११ को सेटमा हरायो । यस्तै प्रदेश एकले मधेस प्रदेशलाई २१–७ र २१–१६ को सेटमा, एपीएफले प्रदेश एकलाई १–२१, २१–१६ र ८–१५ को सेटमा, गण्डकीले वाग्मतीलाई र २१–१४ को सेटमा र एपीएफले मधेस प्रदेशलाई २१–५ र २१–८ को सेटमा हराएको छ । प्रतियोगितामा भोलि चार वटा खेल हुनेछन् ।  

महिला बिच भलिबलको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।  प्रतियोगितामा तेस्रो हुनेलाई टाइगर ग्रुप आफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले ३० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभयो ।

खेल आउँदो चैत २६ गतेसम्म चल्नेछ । समुद्री किनारको बालुवामा खेलिने बिच भलिबल पाल्पाको रानीमहलमा रहेको कालीगण्डकी नदी छेउको बालुवामा सञ्चालन गरिएको हो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया