पाल्पामा जीप दुर्घटना हुँदा एक ज्यान गयो, दुई जना घाइते

 बैशाख २२, २०७९ बिहिबार १९:२१:४६ | देव पचभैया
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पाल्पा – पाल्पामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । तिनाउँ गाउँपालिका ५ चर्चरेमा जीप दुर्घटनामा हुँदा जीपका धनी रामपुर नगरपालिका ३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

दुर्घटनामा चालक निस्दी गाउँपालिका ४ का २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर ३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छन् । घाइते दुवै जनाको तानसेनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । 

बुटवलबाट रामपुरका लागि छुटेको लु १ च ७७८० नम्बर जीप दुर्घटना परेको हो । जीप सडकबाट खोलामा खसेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया