भरतपुरमा विजयलाई पछि पार्दै रेनुकाे अग्रता

 बैशाख ३१, २०७९ शनिबार १८:२३:८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिनुभएकाे छ । 

भरतपुर महानगरपालिका १ मा ३ सय ५० मत गन्दा रेनु दाहालले १ सय ३३ मत प्राप्त गर्नुभएकाे छ । एमालेका उम्मेदवार विजय सुवेदी १ सय २७ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १ सय ६३ र राप्रपाकी हिमला गुरुङले ९१ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया