धरान उपमहानगरमा कांग्रेसको अग्रता, एमाले स्वतन्त्र भन्दा पछि

 बैशाख ३१, २०७९ शनिबार २२:९:१४ | शंकर धामी
unn.prixa.net

फाइल फोटो

सुनसरी - सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा नेकपा एमाले कमजोर देखिएको छ ।

२०७४ सालमा भएको पालिका चुनावमा एमालेले धरानमा मेयर र उपमेयर दुवै पद जितेको थियो । यति मात्रै होइन पञ्चायतकालदेखि नै सुनसरीको धरान एमालेको गण मानिन्छ ।

तर, यो पटक भने धरानमा एमाले भन्दा स्वतन्त्र उम्मेदवार बलिया देखिएका छन् । अहिले धरान उपमहानगरको वडा नम्बर १, २ र ३ को मतगणना जारी रहेको छ । अहिलेसम्म धरानमा २१ सय मतगणना भएको छ । ताजा परिणामअनुसार धरानको मेयर पदमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईले ७ सय ७३ मतसहित अगाडि रहनुभएको छ । उहाँलाई स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ६ सय ३ मत ल्याएर टक्कर दिइरहनुभएको छ । एमाले भने तेस्रो स्थानमा पुगको छ । एमालेकी मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ४ सय ८ मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेश शाक्यले ९२ मत पाउनुभएको छ ।

उपमेयरमा पनि गठबन्धन नै बलियो देखिएको छ । गठबन्धनको तर्फबाट माओवादीका आइन्द्र विक्रम बेघाले ८ सय ५६ मत ल्याउनुभएको छ । उहाँलाई एमालेका पदम इस्बो लिम्बुले ४ सय ६७ मतका साथ पछ्याइरहनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शंकर धामी

दार्चुलाका पत्रकार शंकर धामी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया