भरतपुरमा रेनु दाहाललाई २ मतकाे अग्रता

 जेठ १, २०७९ आइतबार १९:४१:२९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालकाे अग्रताकाे अन्तर दुई मतमा झरेकाे छ । 

अहिलेसम्म ६ हजार ६ सय ७७ मतगणना हुँदा दाहालले दुई हजार चार सय २५ मत प्राप्त गर्नुभएकाे छ । उहाँकाे प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले दुई हजार चार सय २३ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै स्वतन्त्र उम्मेदवार सात सय ९५ मत ल्याउँदै तेस्राे नम्बरमा हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया