धनकुटाको छथर जोरपाटी र साँगुरीगढी गाउँपालिकामा कांंग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार ८:१४:१५ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटाको छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांंग्रेसका उम्मेदवार छत्रबहादुर सुब्बा विजयी हुनुभएकाे छ । 

उहाँले ४३५९ मत ल्याउनु भएकाे छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका सुब्बा १९५ मतान्तरले निर्वाचित हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका उम्मेदवार शेरबहादुर लिम्बुले ४१६४ मत ल्याउनुभएकाे छ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी गीता गुरुङ विजयी हुनुभएकाे छ । उहाँले ४३८७ मत प्राप्त गर्नुभएकाे छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी गोमा कार्कीले ३६९१ मत ल्याउनुभएकाे छ । 

यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांंग्रेसका उम्मेदवार जितेन्द्र राई विजयी हुनुभएकाे छ । उहाँले ५३९९ मत ल्याउनु भएकाे छ ।  उहाँ पनि गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएकाे हाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुमारजङ्ग याखाले ४८२८ मत ल्याउनु भएकाे छ ।

गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार मुना राई विजयी हुनुभएकाे छ । उहाँले ४६५० मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका लिलाराज लावतीले ४१३६ मत ल्याउनुभएकाे छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया