धनकुटाको पाख्रीबास नगरपालिकामा गठबन्धन विजयी

 जेठ ३, २०७९ मंगलबार १०:३:५४ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटाको पाख्रीबास नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ विजयी हुनुभएकाे हाे । 

गएराति सम्पन्न मतगणना अनुसार ५ हजार ४ सय ९८ मतसहित गुरुङ विजयी हुनुभएकाे हाे । उहाँले निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका उम्मेदवार भीम राईले ५ हजार ५३ मत मात्र प्राप्त गर्नुभएकाे छ । 

एमाले उम्मेदवार राईलाई ४ सय ४५ मतान्तरले पराजित गर्दै गुरुङ मेयरमा निर्वाचित हुनुभएकाे हाे । उपमेयरमा एमाले उम्मेदवार नम्रता देउजा गौतम विजयी हुनुभएकाे हाे । उहाँले ५ हजार ६२ मत ल्याउनु भएकाे हाे । 

उहाँका निकटतम प्रतिद्वन्द्वि गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका  उम्मेदवार ओमप्रकाश निरौलाले ४ हजार ६ सय ४१ मत मात्र प्राप्त गर्नुभयाे । माओवादी केन्द्रका उम्मेदवार निरौलालाई ४ सय २१ मतले पछाडि पार्दै देउजा उपमेयरमा निर्वाचित हुनुभएकाे हाे । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया