म्याग्दीको बेनी नगरपालिकाको मेयरमा एमाले विजयी

 जेठ ३, २०७९ मंगलबार १०:२२:१४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका सुरत केसी विजयी हुनुभएको छ । उहाँले ७ हजार ६ सय ३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चिरञ्जीवी शर्माले ६ हजार २ सय ३० मत पाउनुभएको छ । 

यसैगरी उपमेयरमा माओवादी केन्द्रबाट ज्योती लामिछाने पौडेल ७ हजार ४३ मतसहित विजयी हुनुभएको म्याग्दीका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । उपमेयरमा विजयी लामिछानेका निकटतम प्रतिस्पर्धी एमालेकी पशुपति शाहीले भने ५ हजार ५ सय मत पाउनुभयो । बेनी नगरपालिकामा वर्तमान सत्तापक्षीय गठबन्धनले चुनावी तालमेल गरी प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । 
    
जम्मा १० वटा वडा रहेको बेनीमा कुल २१ हजार ८ सय ४२ मतदाता रहेकोमा गएको शुक्रवार सम्पन्न पालिका तह चुनावमा १५ हजार २ सय ११ अर्थात् ६९ दशमलव ६४ प्रतिशत मत खसेको थियो । बेनीमा ५२ पदका लागि विभिन्न राजनीतिक दलबाट १ सय ५६ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गरेका थिए । घोषित मतपरिणामअनुसार बेनी नगरपालिकामा एमालेले मेयरसहित ५ वटा वडामा प्यानल जितेको छ भने कांग्रेसले ३ र माओवादीले उपमेयरसहित २ वडामा विजय हासिल गरेको छ । 
    
बेनी १ रत्नेचौरमा एमालेका टेकबहादुर थापा, २ ज्यामरुककोटमा कांग्रेसका यामबहादुर कार्की, ३ भकिम्लीमा माओवादीका पदम पुन, ४ सिङ्गामा माओवादीकै भगवान् खड्का, ५ पुलाचौरमा एमालेका गोविन्द बानियाँ, ६ अर्थुङ्गेमा एमालेकै कृष्णसिङ बानियाँ, ७ बेनीमा कांग्रेसका रमेशकुमार श्रेष्ठ, ८ बेनीमा एमालेका उत्तमकुमार कर्माचार्य, ९ घतानमा कांग्रेसका चक्रबहादुर केसी र १० पात्लेखेतमा एमालेका मसबिर रोका विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया