भरतपुर महानगरमा रेनु दाहाल ९० मतले अगाडि

 जेठ ३, २०७९ मंगलबार ११:५४:२७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन -  चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर रहेको छ ।

१८ हजार ४ सय ४७ मत गन्दा रेनु दाहाले ६ हजार १ सय ७० मत पाउनु भएको छ । एमालेका विजय सुवेदी ६ हजार ८० मत प्राप्त गर्नु भएको छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६ मत ल्याउनु भएको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ५ सय २४ र राप्रपाका हिमला गुरुङले ४ हजार ९ सय ९२ मत पाउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया