पाल्पाको रैनादेवीछहरामा कांग्रेस अध्यक्ष र माओबादी केन्द्र उपाध्यक्षमा विजयी

 जेठ ३, २०७९ मंगलबार १३:१४:१४ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पाको रैनादेवीछहरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा नेपाली कांग्रेसका रुक्मागत भट्टराई र उपाध्यक्षमा ने.क.पा. माओबादी केन्द्रका युवराज थापा विजयी हुनुभएको हो । अध्यक्षमा विजयी भट्टराईले ६ हजार ६ सय ४३ मत प्राप्त गर्नुभयो । 
उहाँको प्रतिस्पर्धी ने.क.पा एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत प्राप्त गर्नुभएको छ । 

विजयी उपाध्यक्ष माओबादी केन्द्रका युवराज थापाले ६ हजार ३ सय ७ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी ने.क.पा. एमालेकी गिता भट्टराई (घिमिरे) ले ५ हजार ७ सय ६१ मत प्राप्त गर्नुभएको छ ।

रैनादेबीछहरा गाउँपालिकामा ८ वडा मध्ये भुवनपोखरी र सिद्धेश्वरमा माओबादी केन्द्रका वडाअध्यक्ष बिजयी भएका छन् । ने.क.पा. एमाले सत्यवती र छहरामा विजयी भएको हो भने नेपाली कांग्रेस सोमादी, मुझुङ, जुठापौवा, बल्ढेङगढीमा विजयी भएका हुन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया