कांग्रेसलाई १४ मतले हराउँदै एमालेका तामाङ धनकुटा नगरपालिकाकाे मेयरमा विजयी

 जेठ ३, २०७९ मंगलबार १४:४१:४५ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका उम्मेदवार चिन्तन तामाङ विजयी भएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सात हजार ६ सय ६६ मतसहित एमाले उम्मेदवार तामाङ विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले सात हजार ६ सय ५२ मत प्राप्त गर्नुभयो । गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेस जिल्ला सभापति राई १४ मतको झिनो अन्तरले पराजित हुनुभयो ।    

उपमेयरमा पनि एमालेकै उम्मेदवार भीमादेवी खनाल विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका गणेश विष्टलाई पाँच सय ६७ मतान्तरले पराजित गर्दै एमालेकी उम्मेदवार खनाल विजयी हुनुभएको हो । खनालले सात हजार एक सय ९६ मत प्राप्त गर्दा विष्टले ६ हजार ६ सय २९ मत प्राप्त गर्नुभयो ।    

१० वडा रहेको नगरपालिकामा नेकपा एमाले वडा नं. १, २, ४, ८ र ९ मा विजयी भएको छ भने कांग्रेस वडा नं. ३, ५, ६, ७ र १० मा विजयी भएको छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया