बाबुराम भट्टराईको गृहनगरमा जसपा पराजित, मेयर र उपमेयरमा माओवादी विजयी

 जेठ ५, २०७९ बिहिबार १६:४:५१ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन (अजय) र उपमेयरमा वन्दना पाण्डे (प्रतिमा) निर्वाचित हुनुभएको छ । 

नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएका अजय ६ हजार ७२ मतका साथ र उपमेयरमा उम्मेदवारी दिनुभएकी वन्दना पाँच हजार पाँच सय ७९ मतका साथ विजयी हुनुभएको हो ।   

अजयले निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार प्रेम गुरुङको भन्दा तीन सय ५५ बढी मत पाउनुभएको छ । नेकपा एमालेको समेत साथ पाउनुभएका गुरुङले पाँच हजार सात सय १७ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरमा विजयी प्रतिमाले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठको भन्दा पाँच सय दुई मत बढी पाउनुभएको छ । श्रेष्ठले पाँच हजार ७७ मत प्राप्त गर्नुभयो । 

पालुङटारमा कांग्रेससँग गठबन्धनको योजना सफल हुन नसकेपछि जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । मेयरमा एमालेले जसपालाई सघाउने र उपमेयरमा जसपाले एमालेलाई सघाउने सहमति भए पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रसँग पराजित भए । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया