'एअर हाेस्टेस' काे दाँत भाँच्ने महिलालाई १५ महिना जेल सजाय

 जेठ १५, २०७९ आइतबार १४:४७:५६ | एजेन्सी
unn.prixa.net

साउथवेस्ट एअरलाइन्सकी परिचारिका (एअर हाेस्टेस) लाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ ।

सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६ हजार डलर क्षतिपूर्ति र सात हजार पाँच सय डलर जरिबाना तिर्न आदेश  दिएका छन् । न्यायाधीश टोड डब्ल्यू रोबिन्सनले क्विनोनेजलाई  व्यावसायिक विमानमा तीन वर्षसम्म उडान गर्न निषेध गरेका छन् भने उनले क्रोध व्यवस्थापन कक्षा वा परामर्शमा भाग लिनुपर्ने आदेश पनि दिएका छन् ।

गएकाे वर्ष मार्च २३ मा साउथवेस्ट एअरलाइन्सको विमानमा सेक्रेमेन्टाेबाट सान डिएगो जाने क्रममा क्विनोनेजले एक जना परिचारिलाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगताम्य पार्नुका साथै तीन वटा दाँत भाँचिदिएकी थिइन् । आक्रमणको भिडियो सामाजिक सञ्जालमा व्यापक भएको थियो ।

विमान परिचारकाहरूलाई धकेल्ने, प्रहार गर्ने र चिच्याउने यात्रीहरूले अनियन्त्रित र हिंसात्मक व्यवहारको वृद्धिको बीचमा त्याे आक्रमण भएको थियो । देशका दुई प्रमुख अमेरिकन एअरलाइन्स र साउथवेस्ट एअरलाइन्सले यात्रीका दुर्व्यवहार रोक्ने प्रयासमा उडानका बेला रक्सीकाे बिक्री बन्द गरेका थिए । अहिले दुवै एअरलाइन्सले रक्सीकाे बिक्री फेरि सुरु गरेका छन् । 

गएकाे हप्ता अदालतमा पेस गरिएको पत्रमा क्विनोनेजले उडान परिचरिकालाई कुटपिट गरेकोमा माफी मागेकी छिन् । नकारात्मक ध्यानाकर्षणका कारण आफू निराश र अपमानित भएको बेला त्याे घटना भएको उनले उल्लेख गरेकी छन् ।

उडानका क्रममा परिचारिकाले  क्विनोनेजलाई सिट बेल्ट लगाउन, सिटको अघि रहेको ट्रे टेबल बन्द गर्न र उनले लगाएको अनुहारको मास्कलाई उपयुक्त ढङ्गले लगाउन आग्रह गरेकी थिइन् । तर उनले आफ्नो फोन ती परिचारिकको फिल्म बनाउन प्रयोग गरिन् र उनलाई धकेलेर मुक्का प्रहार गरिन् । उनले परिचारिकाको कपाल समातेर अनुहारमा धेरै पटक मुक्का हानिन् । यात्रीहरूले क्विनोनेजको लुगा तानेर उनलाई रोक्न खोजे तर सफल भएनन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया